सेन्सर बोर्डको आदेश पछि पोष्टर परिवर्तन



(सेलिब्रेटी नेपाल) २ चैत्र-केहि समय पहिले नेपाली चलचित्र बजारमा नायिका पुजना स्त्रीले चलचित्र ‘रक्षा’मा दिएको बेड सीनले बजार तातेको थियो । त्यसै समयमा रक्षाको पोष्टरमा नायिका पुजनालाई विना कपडा प्रस्तुत गरिएको थियो । पोस्टरमा पनि नायिका र निर्माण पक्ष बीच विवाद परेको थियो । रक्षामा पुजनाले अशोक फुयाँलसँग बेड सीन दिएकी थिइन् । चर्चा र आलोचना दुवै खेपेको उक्त बेड सीन अन्तत: हटाइएको छ भने चलचित्रको पोष्टर पनि नयाँ तयार पारिएको छ ।

राजु गिरीको निर्देशनमा बनेको रक्षालाई सेन्सर बोर्डले पोष्टर नै परिवर्तन गर्न भनेपछि नयाँ तयार पारेको र बेड सीन पनि हटाइएको निर्देशक गिरीले बताएका छन् । पोष्टर परिवर्तन नगरेसम्म सेन्सर नै नगर्ने सेन्सर बोर्डको आदेश पछि पोष्टर परिवर्तन गरिएको हो । रक्षाको शुक्रबार सेन्सर हुँदैछ । चलचित्र रक्षा चैत्र ९ गतेदेखि रिलिज हुन लागेको चलचित्र रक्षामा नायिका पुजना र नायक अशोक फुयाँलको साथमा सारिका घिमिरे, सुशान्त कार्की, राजेश हमाल लगायतको अभिनय रहेको छ ।