असार २१ गते आदित्य राजधानीको ठमेलमा लाइभ प्रस्तुत हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशीगायकआउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रमपारेर विदेशीगायकलाई नेपालमा ल्याएर नेपालीदर्शक माँझ प्रस्तुतगरिने गरिन्छ । नेपालमाखोजिने गायक नेपालआउने क्रममाआदित्यनारायण झा थपिने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएकाआदित्य काठमाण्डौका संगीत प्रेमी माझ गुन्जिने भएका छन् ।

जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुतहुनेछन । ‘आदित्यनारायण झा लाइभ इन नेपाल’मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुतगर्नेछन् । गायकसँगै एक्टर समेत रहेकाआदित्य प्रसिद्ध गायकउदितनारायण झा र दीपाझाको छोरा हुन् ।

सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएकाआदित्यले नेपालीगीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेकाथिए । रंगीलाफिल्ममार्फत अभिनय सुरु गरेकाआदित्यले परदेश र जब प्यार किसिसे होता हैमा पनि बालकलाकारको रुपमा कामग रिसकेका छन् भने उनले एक्टरको रुपमाशापितमार्फत डेब्यु गरेकाथिए । केहिदिन अगाडी आदित्य नेपालआउने चर्चा भएतापनि डेट फाईनलभएको थिएन् । उनले आफैले भिडियो सम्बोधनमार्फत जुलाई ६ माआउने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.