सोन्याको ‘मार्भल्स मी’ को धमाधम अडिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: भग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको ‘स्टायल इन्भेजन’ निकै सफल भयो । अब सोहि आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले भाग लिन पाउनेछन् ।

भग लस्टकी प्रमुख सोन्या गुरुङले साइजका कारण, उमेरका कारण अथवा अन्य विभिन्न समस्याका कारण यस्ता शो हरुमा उनिहरुले देखाउन नपाएको प्रस्तुती यहाँ देखाइनेछ, उनले भनिन्, ‘हामीले प्रतिभा भएका तर कहिल्यै शो देखाउन नपाएकालाई प्राथमिकता दिनेछौं ।’

हाल सोहि कारणका लागी अडिसन भैरहेको छ । गत शनिवार पहिलो चरणको अडिसन सम्पन्न भयो, आगामी शनिबार फाइनल अडिसन हुनेछ । यो अडिसनमा ‘मार्भल्स मी’ का लागि ५० जना छानिनेछन् । आयोजकका अनुसार यो कार्यक्रममा विभिन्न देशका नागरिकले समेत सहभागिता जनाउनेछन् ।

यसअघि डेजाभुमा भएको कार्यक्रममा झन्डै ३ हजार दर्शकले अवलोकन गरेका थिए । ५० बढी मोडलले –याम्पमा उत्रिएका थिए । यसअघि आयोजकले ‘सोन्याज रनवे’ आयोजना गरेको थियो । त्यस्तै भूकम्पपीडितका लागि दुबईमा ‘आबुधाबी क्रुजिङ फर नेपाल अर्थात नेपालका लागी आबुधावीमा क्रुजिङ’ नामक कार्यक्रम समेत गरिएको थियो ।

नेपालमा रहेर विभिन्न किसिमका फेसन शो आयोजना गर्दै आएकी सोन्या गुरुङ फेसन गुरुको रूपमा चिनिन्छिन् । नेपालका धेरै चर्चित कलाकारहरूको स्टाइलिङ गरिसकेकी सोन्याले आगामी समयमा नेपालका प्रमुख सहरमा ‘सोन्या रन वे’ आयोजना गर्न लागेको बताइन् । हरेक शो वेग्लै किसिमले गर्न माहिर सोनया तथा उनको संस्थाले काठमाण्डौंसहित मोफसलमा आयोजना गर्न लागिएको ‘सोन्याले सोन्या रन वे’ अहिलेसम्म देखाइएका शो भन्दा धेरै फरक र मनोरन्जनात्मक किसिमको गराइने सोन्या गुरुङले बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.