‘आप्पा’ भारतका २५ हलमा एकसाथ प्रदर्शन हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: अनमोल गुरुङ निर्देशित चलचित्र आप्पाको निर्माण टिमले शुक्रबार मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गरेको छ । निर्देशक गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा सेम डेटमा रिलिज हुने बताएका छन् । फिल्म नेपालमा असार १३ गते प्रदर्शन हुदैछ भने भारतमा २८ जुनमा प्रदर्शनमा आउँने छ ।

‘आप्पा’ भारतका २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने निर्देशक गुरुङको भनाई छ । उनले लामो समय पछी नेपाली फिल्म नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको बताए । ‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जि्िलङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने लागेको हो । पत्रकार भेटघाट कार्यक्रममा ‘आप्पा’ राम्रो फिल्म बनेकोले एक पटक हल सम्म पुगेर सिनेमा हेरेर लाग्यो प्रतिकृया दिन दर्शकलाई आग्रह गरेका छन् ।

यस्तै फिल्मका मुख्य कलाकार दयाहाङ राईले ‘आप्पा’ दार्जि्िलङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको बताएका छन् । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्नु पर्छ भन्ने कथा फिल्मले उठान गरेको दयाहाङले बताए । बाबु छोराको सम्बन्धको कथा बोल्ने फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासंगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतकोे समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।