‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’ खोजी सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ:बलि क्लब गु्रपले बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलो पटक ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना गर्ने भएको छ । भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले यो प्रतियोगी आयोजना हुन लागेको हो ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच आयोजक सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुलेको जनाएको हो । १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाई भएका नेपाली युवतीले मात्र भाग लिन सक्ने प्रतियोगिताका लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसनमार्फत २५ प्रतियोगी छानिनेछ ।

प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीले २० दिनको आन्तरिक ग्रुमिङ कक्षा लगायत बिभिन्न तालिम सहित अन्तिमस्पर्धामा उत्रिन पाउने आयोजक बलिउड सोडाउन कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए ।

इप्लानेट प्राइभेट लिमिटेडले सम्पूर्ण इभेन्ट ब्यवस्थापन गर्ने प्रतियोगितामा सहभागीका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेस तामाङ रहेका छन् ।

प्रतियोगिताका बिजेताले भेनेजुएलामा केही समयपछि आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै बिभिन्न उपहार समेत जित्न सक्ने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोष सापकोटाले बताए ।