बर्ष हिरो जीवन लुईटेल हिरोइन निशा


(सेलेब्रेटी नेपाल) १ चैत्र-फिल्म सम्बन्धि साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिका फिल्मीखबर साप्ताहिकले बर्ष हिरोको रुपमा आज जीवन लुईटेल र निशा अधिकारी लाई सम्मान गरेको छ । चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो पत्रिका समुहले आज एक कार्यक्रम गरी जीवनलाई बर्ष हिरोको अवार्डबाट सम्मान गरेको हो । यसैगरी बर्षको हिरोईनको अवार्ड निशा अधिकारीलाई दिईएको छ । फिल्म बिटका मिडिया पर्सनहरुसंग गरिएको सर्वेक्षण अनुरुप जीवन र निशालाई बर्ष हिरो हिरोईन अवार्ड दिलाएको कार्यक्रममा जानकारी दिएको छ ।
उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु), चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी, अशोक शर्मा लगायतले सर्वोत्कृष्ट बनेका हिरो हिरोईनलाई बधाई दिंदै फिल्मीखबर साप्ताहिक चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिका परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.