रेजिना एक्लै बरदान थाप्दै


(सेलिब्रेटी नेपाल) १ चैत्र-चलचित्र हलमा  प्रत्येक हप्ता तिन चार चलचित्रको भिडन्त भई रहेको बेलामा यो हप्ता भने  निर्माताहरु यो ब्याक भएका छन् । आउने शनिबार बाहेक कुनै बिदाको दिन नपरेकाले निर्माताहरु सिनेमा रिलिज गर्न डराएका हुन् । यो फ्राइडे एउटा डकुमेन्ट्री सिनेमा ‘हु विल वि अ गोर्खा’ सँगै नायिका रेजिना उप्रेतीको निर्माण रहेको सिनेमा ‘वरदान’ सुक्रबार मोफसलबाट काठमाडौ भित्रिदैछ ।हु ‘विल वि अ गोर्खा’ क्यू.एफ.एक्स अन्र्तगतका पर्दाहरुमा र ‘वरदान’ क्यू प्रणालीअन्तर्गतका हलहरुमा रिलिज हुनेछन् । चलचित्र बरदानले  उपत्यका बाहिर खासै प्रभाब पार्न सकेन।अब काठमाडौँका दर्शकले कस्तो रुपमा हेर्ने हुन् केहि  दिन पछि थाहा हुनेछ।

’बरदान’ अभिनेत्री रेजिना उप्रेतीले निर्माण तथा शोभित बस्नेतले निर्देशन गरेको चलचित्र हो। पारिवारिक प्रेमकथामा आधारित यस चलचित्रमा राजेश र करिष्मा मानन्धरको साथमा रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की लगायतको अभिनय रहेको छ।पत्रकार धुर्ब  लम्सालको लेखन रहेको यस चलचित्रमा संगीत मनोहर सुनाम, द्धन्द्ध राजेन्द्र खड्गी र नृत्य शिब विकको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.