निर्देशक तथा कलाकार कर्नाडको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी: भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । बैंगलोरमा सोमबार बिहान ८ बजेर ३० मिनेटमा उनको निधन भएको भारतीय संचार माध्यमले जनाएको छ । ‘पल्टिपल अर्गान फेलियर’का कारण उनको मृत्यु भएको बताइएको छ । उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ ।

सन् १९७१मा उनले डेब्यु फिल्म ‘भस्म ब्रिक्रक्षय’ मार्फत नै ३ वटा फिल्म फेयर अवार्ड हात पारेका थिए । उनका चर्चित फिल्ममा निशान्त, मनथान, स्वामी, पुकार लगायत पर्छन् । उनले ६ दशक लामो समयसम्म भारतीय साहित्य, फिल्म लेखन, निर्देशन तथा अभिनयमा बिताएका थिए । उनको निधनमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले समेत शोक ब्यक्त गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.