परमिताको पहिलो म्युजिक भिडियो ‘क्वीन’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: परमिता आर.अल राणाको पहिलो म्युजिक भिडियो सार्बजनिक गरिएको छ बिहिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्बजनिक गरिएको हो सार्बजनिक गीतमा शब्द तथा संगीत पिरु राणाको रहेको छ भिडियोका निर्माता सुजन जोशी हुन् सन्नि मल्लले छायाँकन गरेको भिडियोलाइ शिकेले निर्देशन तथा सम्पादन गरेका छन् सार्बजनिक भिडियोलाइ इन्ता चामलिंगले कोरियोग्राफी गरेकी हुन् भिडियो ढाका इन्टरटेन्मेन्ट र क्लासिक डाईंमण्डको साझेदारीमा बनेको हो

योसँगै परमिताले अभिनयका साथै गायनमा पनि डेव्यु गरेकी छन् । गीत सार्वजनिक कार्यक्रममा उनले आफू गएको २ वर्षदेखि चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त रहेको बताएकी छन् । उनी भन्छिन्, ‘यो स्क्रिप्टमा सिनेमा निर्माण गर्न निकै गाह्रो छ । किनभने, यो चलचित्रको कथाले धेरै सेटहरुको माग गर्छ ।’

उक्त गीत रिलिज कार्यक्रममा परमिताले आफूलाई सानैदेखि लेखनमा निकै रुची रहेको खुलासा गरिन् । उनले भनिन्, – ‘मेरो गीत क्वीनले जो जस्तो छ त्यस्तै रहने सन्देश दिन्छ । जो पनि आफ्नो ठाउँमा क्वीन हुन्छ । क्वीन हुने वित्तिकै उसलाई किङ्गको आवश्कता पर्छ भन्ने छैन् ।’ मैले केही सिनेमामा काम गरे । तर, आजसम्म मैलै कुनैपनि सिनेमामा आफ्नो क्षमता देखाउन पाइन् । त्यसैले अब म आफूलाई गायनसँगै लेखन विधामा पनि अगाडि बढाउने सोचमा रहेकी छु । हेरौं कती सफल हुन्छु, त्यो त भोलीको दिनले देखाउने नै छ, उनले भनिन् ।