‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित र पायलले हात पारे


सेलिब्रेटी नेपाल

काठमाडौँ: बुधबार राष्ट्रिय नाचघर जमल, काठमाडौमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् । एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ आयोजना भएको थियो । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फ्यासन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, यो प्रतियोगीतामा फस्ट रनरअप दिया राई बनिन् उनले मिस फ्रेन्डसीप सहित तीन उपविधा हात पारिन् र सेकेन्ड रनरअप आकृति सदाशंकरले मिस फोटोजेनिक उपाधि जित्न सफल भइन्।

‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै अंकित सुवेदीले पनि प्लस टुकोलागि छात्रवृति, ३० हजार नगद पुरस्कार र ट्रफी समेत प्राप्त गरेका छन् । उनले मिस्टर भ्युअर्स च्वाइस अवाई पनि हात पारेका थिए। यस्तै, ‘मिस्टर नेपाल एसइइ’ को फस्ट रनरअप संजिव घिमिरे र सेकेन्ड रनरअप अवेश उराव भएका छन् ।
एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि पुर्व वाणिज्य तथा आपुर्तिमन्त्री जयन्त चन्द थिए भने मुख्य निर्णायकको भुमिकामा काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठ रहेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.