‘खुलस्त भन्नुस् , गृहमन्त्रीको टेवल ठटाएर भएपनि सुरक्षा दिलाउँछु’: रविन्द्र खड्का


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले आउँदो शनिबार नयाँ नेतृत्व पाउँदैछ् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कलाकार रविन्द्र खड्का र सरिता लामिछाने भिड्दैछन् ।
गत मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच सरिताले आफ्ना एजेण्डा तथा प्रतिवद्धता सार्वजनिक गरेकी थिईन् । भने, रविन्द्रले बिहीबार आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

सरिताले आफ्ना एजेण्डा सार्वजनिक कार्यक्रममा भनेकी थिईन् –‘अध्यक्षमा उम्मेद्वारी दिएपछि मलाई धेरैतिरबाट धाक–धम्कीहरु आईरहेको छ । आफूलाई असुरक्षित महशुस गरिरहेकी छु ।’ तर, उनले कसले धम्की दियो भन्ने खुलाएकी थिइनन् । बिहीबार आफ्ना प्रतिवद्धता सार्वजनिक कार्यक्रममा रविन्द्रले यो कुराबारे धारणा राखेका छन् ।

उनले भने, –‘मिडिया तथा बजारमा आफूलाई सुरक्षाको आवश्यकता पर्यो भन्ने खालका कुराहरु भन्नुभएको सुनेँ ।’ रविन्द्रले एउटा नागरिकलाई सुरक्षा दिने नसक्ने कस्तो सरकार ? भनेर प्रश्न समेत गरे । उनले अगाडी थपे,–‘मलाई त्यसबारे केही पनि जानकारी छैन । नचाहिँदो अफ्वाह फैलाउनु राम्रो होइन् । यदी साँच्चिकै धम्की आएको वा सुरक्षा चाहिएको हो भने मलाई खुलस्त भन्नुस्, वा कहीँबाट जानकारी आओस्, गृहमन्त्रीको टेवल ठटाएर भएपनि सुरक्षा दिलाउँछु ।’
रविन्द्र कलाकार संघको संस्थापक अध्यक्ष हुन् भने सरिता हाल महासचिव छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.