सलमानले खोले विवाह नगर्नुको कारण


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड स्टार सलमान खान यतिखेर प्रतिक्षित फिल्म ‘भारत’ को प्रचारप्रसारमा व्यस्त रहेका छन् । यसै फिल्मको प्रचारका बेला उनले विवाह नगर्नुको कारण पनि खोलेका छन् । उनको धेरै अभिनेत्रीहरुसँग लभ अफयेरको चर्चा चल्यो । तर, विवाह भने हुन सकेन । उनले विवाहभन्दा सामिप्यताको आफुलाई धेरै आवश्यकता रहेको उनले बताएका छन् ।

आजसम्म पनि आफुलाई विवाहप्रति खासै चासो नरहेको उनले बताएका छन् । आजको समयमा विवाह भन्ने कुरा अति आवश्यक नभएको उनले बताए । उनको पछिल्लो समय कटरिनासँग पनि विवाहको हल्ला चलेको थियो । तर, उनले यसबारे कुनै सत्यता नरहेको बताएका छन् ।

उनको भनाइ मान्ने हो भने उनी विवाहका लागि कहिल्यै तयार नहुने संकेत देखिन्छ । सन् २०१० यता उनले खेलेका हरेक फिल्मले १०० करोडभन्दा बढीको कमाइ गर्न सफल भएका छन् । ‘भारत’ ले पनि बक्स अफिसमा रेकर्ड बनाउने अनुमान गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.