संघको स्थायित्वमा जोड दिंदै महा सचिवको लागि खतिवडाको उम्मेदवारी


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा संजय खतिवडाले महा सचिवको पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । ओस्कार कलेजमा अभिनयमा ग्र्याजुएसन गरेका खतिवडाको पहिलो चलचित्र ‘कर्णविर’ हो । उनले नेपाली चलचित्र संगै र्याम्प शो हरुमा पनि काम गरे । ०५९-६० साल तिर संकटकाल र देशको परिस्थितिले गर्दा अलिक पछि परेको बताउने खतिवडा ०६८-०६९ देखि हाल सम्म नेपाली चलचित्रमा सक्रिय छन्। चलचित्र नो स्मोकिंग,भीमदत्त,प्रदर्शनको तयारीमा रहेको चलचित्र नरसिम्हामा नायकको रुपमा कार्य गरेका उनि हाल नेपाल टेलिभिजनबाट प्रशारण भई रहेको मेघा सिरियल डियर जिन्दगीमा व्यस्त छन् ।

गएको कार्यसमितिमा आफु न रहे पनि संघका सबै गतिबिधिमा सहभागिता र आफ्नो सहयोग रहेको बताउने खतिवडा अबको कार्यसमितिमा चुनाव जितेर संघको लागि केहि अर्थ पूर्ण कार्य गर्न चाहन्छन। पहिलो पटक संबिधानमा चलचित्रले सानै भए पनि ठाउं पाएको छ । साना साना उपलब्धिले ठुलै महत्व राख्दछ उनि भन्छन । ‘अहिले कलाकार संघका सदस्य हरु दुखि छन् सम्पूर्ण कलाकारले आफ्नो संघ भनेर गर्व गर्ने बातावरण बन्नु जरुरि छ । जो महासचिव बने पनि संघको भबिस्य बनाउन सक्ने र अर्थ पूर्ण एजेन्डा बनाउन सक्ने व्यक्ति बन्नु पर्छ । संघका सबै सदस्य हाम्रा सदस्य हुन् भन्ने भावना हुनु जरुरि छ । सबै भन्दा ठुलो कुरा संघको स्थायित्वमा जोड दिनु पर्छ ‘ उनले भने । उनको प्रतिद्वन्दीमा चेत बहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.