‘प्रेम गीत ३’ प्रदिपको जोडी गीत छान्न धमाधम अडिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण ‘प्रेम गीत ३’को नायिकाको लागि निर्माण कम्पनी आशुसेन फिल्म प्रोडक्सनले अडिसन सुरु गरेको छ । अडिसनमार्फत चलचित्रको कथा अनुसार सुहाउँदो नायिका छान्ने घोषणा गरेदेखि चलचित्र क्षेत्रमा कस्ले ‘प्रेम गीत ३’मा ‘गीत’ पात्र बन्ने सौभाग्य प्राप्त गर्ला ? धेरै अनुमान तथा अड्कालबाजी भईरहेका छन् ।

यसअघि २७१४ जना आवेदकहरुबाट टप २५ छानिएको थियो । अब २५ जनाको अडिसनबाट एकजना पात्र छान्ने काम भैरहेको छ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् । आइतवारदेखि सुरु भएको अडिसनमा पहिलो दिन ‘बोल माया’ र ‘गलबन्दी’ फेम मोडल अञ्जली अधिकारी, चलचित्र ‘सय कडा दश’ अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन् । आसुसेनको टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अलिकति फरक किसिमले अडिसन गर्ने निर्देशक छेतेन गुरुङले बताए ।

अडिसनको सबैभन्दा आकर्षक पक्ष त के थियो भने, चलचित्रमा पात्र अनुसार सुहाउँदो नायिका छान्न कुनै हेल्चेकराई नहोस् भनेर निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाइन समेत गराएको थियो । कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा सम्भवत भएको थिएन ।

निर्देशक छेतन गुरुङ तथा सन्तोष सेनले अडिसनको एक दिनअघि नै विदेशमा रहेका सहभागीहरुको हौसला बढाउन र उनिहरुलाई अडिसन दिने माध्यम र तरिका बताउन निर्माता सेनको फेसबुक पेजमा लाइभ गरेर जानकारी गराएका थिए ।

पुरुषको कथा र पात्रमै केन्द्रित रहने नेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत’को पहिलो शृंखला देखिनै ‘गीत’को पात्र सशक्त भैरहेको धेरैलाई थाहा छ, निर्माता सन्तोष सेनले भने, –‘तेस्रो संस्करणका लागि अझ राम्रो क्यारेक्टरको भित्राउने सोच अनुसार अडिसन सुरु गरेका थियौं, यो टप २५ बाट भनेजस्तै पात्र भेट्टाउनेछौं ।’

आशुसेन फिल्मस् प्रोडक्सनले चलचित्रको नायिका ‘गीत’ पात्रका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

छनौट गर्न लागिएकी युवतीबाट चलचित्र भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.