श्याम लाल र रक्षाको ‘झट्का’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्नेछ। चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। यसचलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ रक्षा गुरागाइँ ईश्वर गुरुङ मनिता श्रेष्ठ उमेश बिसुङ्खे हिक्मत कुवँर प्रदिप काफ्लेकाे मुख्य भुमिका रहेको छ। चलचित्र जेठ ३१ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ । चलचित्रमा पुरुषोत्तम न्यौपाने को संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी,द्वन्द सुरज श्रेष्ठको रहेको छ । चलचित्रलाइ जीवन पराजुली र बसन्त गौतमले छायांकन गरेका हुन् भने चलचित्रलाई रमेश बिसुङ्खेले सम्पादन गरेका हुन् ।