भुवन संग रीमाको जोडी सुरु भयो ‘मिस्टर नेपाली’


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता भुवन केसी केही वर्षयता अभिनयबाट टाढा छन् । उनी अहिले आफ्नो छोरा अनमोल केसीको करिअर मजबुत मनाउन दिन-रात खटिरहेका छन् । अनमोलले पनि आफूलाई अभिनेताको रुपमा स्थापित गरेसँगै भुवन पुनः अभिनयमा फर्किएका छन् । उनले चलचित्र ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् । देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर नेपाली’ मा दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । उनले लामो चलचित्र करिअरमा कहिल्यै दोहोरो भूमिका निभाएका थिएनन् । यसमा उनी एक छोरा र पिताको भूमिकामा हुनेछन् ।

सोमवार विहान कमलादीमा रहेको गणेश मन्दिरमा चलचित्रको शुभ साइत गरिएको छ । उक्त समारोहमा यस चलचित्रबाट डेब्यू गर्न लागेका साहिल श्रेष्ठ र कुशुम राउतले मुहूर्त सट दिएका थिए । चलचित्रमा दुईको जोडी बाँधिनेछ । भने, अभिनेता भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्नेछन् । चलचित्रमा कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको सोमवारबाट छायांकन सुरु भएको छ ।

प्रेमराज दाहालको लगानीमा निर्माण हुने चलचित्रलाई निरज कँडेलले खिच्नेछन् । चलचित्रका गीतमा दीपक शर्मा र सुभाष भुषालको संगीत रहनेछ । चलचित्रमा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले चलचित्रका गीतमा कोरियोग्राफी गर्नेछन् ।