कलाकार संघको अध्यक्षमा लामिछाने र खड्काको प्रतिस्पर्धा, कोषाध्यक्षमा कटुवाल सर्बसम्मत


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन गर्न वरिष्ठ चलचित्रकर्मि नीर शाहको संयोजकत्वमा एक समिती गठन गरिएको थियो ।

सो समितीले आवश्यक छानबिन सम्पन्न गरेर विवाद निरुपण गरेको थियो । विवाद निरुपण पश्चात सो तदर्थ समितीले यही जेठ २५ गतेका दिन नेपाल चलचित्र कलाकार संघको निर्वाचन तोकेको थियो । सोही अनुसार जेठ १८ शनिबारका दिन निर्वाचनमा भाग लिन उम्मेदवारी दाखिल गर्ने दिन तय गरिएको थियो ।

यसरी तय गरिएको दिन अध्यक्ष पदमा संघमा एक कार्यकाल महा सचिवमा रुपमा रही सकेका अभिनेत्री सरिता लामिमछाने र संघमा एक कार्यकाल अध्यक्ष रही सकेका भुतपुर्व अध्यक्ष रविन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने दुई जना उपाध्यक्ष पदका लागि रेजिना उप्रेती, मनोज के.सी., सानु कुमार ताम्राकार,बिनोद भट्टराईले नाम दर्ता गराएका छन् । महासचिवमा सन्जय खतिवडा र चेतबहादुर सिहं ले उम्मेदवारी दिएका छन् । सचिब पदमा पनाह अधिकारी,कविता शर्मा गेलाल र राजकुमार शाहले उम्मेदवारी दिएका छन् । सह कोषाध्यक्ष पदमा पवित्रा आचार्य र डीबी बमजनले उम्मेदवारी दिएका छन् । ७ जना चयन हुने कार्य समिति सदस्यको लागि १२ जनाको उम्मेदवारी परेको छ ।

शनिबार भएको उम्मेदवारी दर्तामा कोषाध्यक्ष पदमा भने सुनिल कटुवाल एक्लैको मात्र उम्मेदवारी परेको छ । संघको निर्धारित निर्वाचन तालिका अनुुसार जेठ १९ गते उम्मेदवारी उपर उजुरी अनि जेठ २० गते उम्मेदवारी फिर्ता लिन चाहनेहरुले फिर्ता लिन सक्ने दिन तोकीएको छ । यस्तैगरी जेठ २२ गते उम्मेदवारहरुको अन्तिम नामावलि प्रकाशन गरिने र जेठ २५ गते साधारण सभाको औपचारिक कार्यक्रम पछि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.