ऐतिहासिक कार्य २७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ लोकार्पण


सेलिब्रेटी नेपाल

काठमाडौँ: संभवत विश्वकै इतिहासमा नयाँ रेकर्ड कायम राख्दै गीतकार बी बी थापाको एकै साथ २७ गीति एल्वमहरु लोकार्पण गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन् । छायाँछबि क्रियशनको आयोजनामा सम्पन्न यस लोकार्पण कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादब खरेल, बरिष्ठ संगीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार दीनेश अधिकारी, बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, बरिष्ठ गायक जगतमर्दन थापा, प्राध्यापक डा. हेमनाथ पौडेल बिशिष्ठ अतिथीका रुपमा थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालका प्रथम उपराष्ट्रपति श्री परमानन्द झाले गौरबपूर्ण यस किसीमको कार्यक्रममा हिस्सा बन्न पाएकोमा खुसी लागेको बताए । विश्वमै विरलै भेटिन सकिने यस्तो गतिविधी गीनिज बुक अफ वल्ड रेकर्डस्मा दर्ता हुनु पर्ने बताए । बी.बी. थापाले नेपाली संगीतलाई ठूलो गुन लगाएको समेत प्रथम उपराष्ट्रपति झाले जिकीर गरे । कार्यक्रममा दील एक धड्कन अनेक गजल संग्रह तथा आशक्ति गीत संग्रहको लोकार्पण गरिएको थियो ।

यस्तै कार्यक्रममा लोकार्पण गरिएका २७ एल्वमहरुमा१. २४ क्यारेट
२. ओण्डरफूल ड्रिम, ३. लभ गुरु, ४. मायाको डुंगा, ५. मान्छे, ६. कबूल, ७. दिलवाली, ८. एक जमाना पछी, ९. सुर संगम, १०. टाढा, ११. मोहिनी, १२. प्रेम पुजारी, १३. घुम्टो, १४. मेरो हजुर, १५. क्लासिक हिट्स्, १६. नशा मिलाएर पानी, १७. नशा रमरौस, १८. नशा मायाको बिर्को, १९. ओ सेरी, २०. क्रेजी लभर, २१. गागलफेदी, २२. अगेन इन लभ, २३. प्रेमनगर, २४. म को हुँ, २५. प्रेमबर्ष, २६. प्रभु पद, र २७. अन्तिम यात्रा रहेको थियो । जसमा १४५ गीतहरु समावेश रहेका छन् । गीतलाई बी.बी. थापा इन्टरटेनमेन्टले प्रकाशन गरेको हो ।
कार्यक्रममा विभिन्न ५ गीतहरुका भिडियो देखाइएको थियो । जीवन रसाइली, सुब्रत आचार्य एवं हेम प्रभाषले निर्देशन गरेको भिडियोमा गम्भीर विष्ट, प्रदिप बास्तोला, एलिशा राई, श्रीदेव भट्टराई, अनामिका चौलागाई, जेवीका कार्की आदि फिचरिङ थिए ।
कार्यक्रममा एल्वममा समावेस भएका गीतसंगीतका विभिन्न श्रष्टाहरुलाई आभार पत्र एवं सम्मान प्रदान गरिएको थियो भने कार्यक्रम संचालन वरिष्ठ संचारकर्मी दिनेश डी.सीले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.