गीतकार सुरेन्द्र महर्जन अमर को एल्बम ‘मिर्मिरे’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:आफ्नो जन्मदिन पारेर गीतकार सुरेन्द्र महर्जन ‘अमर’ले नयॉ गीतिसंग्रह “मिर्मिरे” सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक समारोह बिच सार्वजनिक यस एल्बममा ६ वटा गीत समावेश छन् ।

तृप्ति खड्का, सुर्य कमल राई, सरिता प्रजापति, आश्विनी सिटौला ,संगीता रायमाझी, राम अवाले र दिनेश धानीको स्वर गीतहरुमा रहेका छन् । राम कार्की, बुद्ध सायमी र सुर्य कमल राईको संगीत रहेको यो एल्बममा आधुनिक गीतहरु समावेश छन् ।

उक्त कार्यक्रममा अथितिका रुपमा गायक धिरज राई ,चलचित्र भाग्यका निर्देशक रोसन श्रेष्ठ , संगीतकार शन्तोष श्रेष्ठ, ज्योतिष अर्जुन क्षेत्रीको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.