नेपाल चलचित्र कलाकार संघको चुनाव,अध्यक्षमा ४ जना महासचिबमा ३ जना भिड्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको चुनाब आगामी जेठ २५ गते हुने भएको छ। पटक पटक सर्दै आएको चुनाव अब चाहिं जेठ २५ मा हुने कन्फर्म भएको हो । २५ गते हुने चुनाबको लागि कलाकारहरुलाइ चुनाबी माहोल लागि सकेको छ र उमेद्द्वार बन्ने हरुको पनि आ आफ्नो रण नीतिहरु बन्न थाली सकेका छन् । चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष राम केशर बोगटीको निधन पश्चात कलाकार संघ नेतृत्व बिहिन बन्न पुगेको थियो ।

जेठ २५ गते हुन लागेको चुनाबमा चलचित्र कलाकार संघको अध्यक्षको लागि बरिस्ट कलाकार रबिन्द्र खड्का, हाल महासचिब समेत रहेकी सरीता लामिछाने,लय संग्रौला र बिशाल बिष्ट बीच प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्ष पदको लागि शिब हरि बैरागी,बिनोद भट्टराई,बिष्णु रिजाल,रेजिना उप्रेती र जेनी कुँवरको प्रतिस्पर्धा हुने देखिएको छ।

महासचिबको लागि हाल सचिब रहेका चेत बहादुर सिंह राजा,कलाकार संजय खतिवडा र नेपाल चलचित्र कलाकार संघको कोषाध्यक्ष रहेकी बिमला केसी बीच प्रतिस्पर्धा हुने देखिएको छ। कोषाध्यक्ष पदको लागि सुनिल कटुवाल र मनोज केसीको प्रतिस्पर्धा हुने देखिएको छ । सह कोषाध्यक्ष पदको लागि डी.बी. बम्जन र पवित्रा आचार्यको प्रतिस्पर्धा हुने देखिएको छ। सचिब पदमा कबिता गेलाल,जीवन थापा र पनाह अधिकारीको प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव आउन ९ दिन बाँकि रहेको छ अझै यी प्रतिस्पर्धीहरुको नाम फेर बदल हुन सक्नेछ ।