जेठमै प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’


सेलिब्रेटी नेपाल

काठमाडौँ:रियल कपल आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’ ३१ जेठबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले चलचित्रको प्रचारप्रसार बढाएको छ । चलचित्रको केही दिन पहिले ट्रेलर सार्वजनिकगरिएको थियो । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनलाई आयुष्मान र नवअभिनेता विशाल खरेलको प्रेममा देख्न सकिन्छ ।

एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषयमाथी बनेको यो चलचित्र योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका, आयुष्मान र विशालको अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय छ । मनिष दाहाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । बसन्त सापकोटा, दिपक शर्मा र महाराज थापाको संगीत रहेको छ । चलचित्रलाइ हरि लामाले खिचेका हुन् ।