बिग बोस निर्माता भारतीय कम्पनीले बिग बोस नेपाल सञ्चालकलाई दियो चेतावनी


सेलिब्रेटी नेपाल

एजेन्सी: भारतको एक उत्कृष्ट प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको छ र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रा.लि.लाई प्रदान गरिएको छैन । बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आखाँ” एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएको हो ।
एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि. र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ । र, कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एंडेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि.लाई लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।

एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ ।
नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा एंडेमोल शाइन इन्डिया तथा एंडेमोल शाइन ग्रुपले पत्ता लगाएको छ । एंडेमोल शाइनले अर्जुन नरसिंह केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको छुट्टा कागजातहरु हात पारेको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सटिफिकेट, एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि बीचको फ्रयान्चाइज सम्झौता रहेको छ । अर्जुन नरसिंह केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको बताइएको छ ।

एंडेमोल शाइन ग्रुपले उक्त कागजातहरु झुटो भएको ठहर गरेको छ र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गर्छ भने यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन् र यसको परिणाम पनि उनीहरु स्वयमले बेहोर्नुपर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.