युरोपमा रोमान्टिक मुडमा सुहाना (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: यतिवेला अभिनेत्री तथा निर्देशक झरना थापा र सुहाना थापा ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनको लागी युरोपमा छन् । चलचित्र प्रदर्शनसँगै उनीहरुले युरोपका विभिन्न ठाउँमा घुमघाम समेत गरेका छन् । सुहानाले सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर मन्द मुस्कान सहित रोमान्टिक बनेकी छन् ।

सुहानाका उक्त तस्वीर निर्देशक तथा अभिनेत्री झरना थापाले कैद गरेकी हुन् । निर्देशक झरना थापाले छोरी सुहानालाई गतवर्षको चैत्र २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गराएकी हुन् ।

पहिलो चलचित्र बाट उनले आफ्नो राम्रो फ्यान फोलोइङ्ग बनाएकी छन् । सुहानाको अभिनयलाई दर्शक तथा समिक्षकले उत्कृष्ट बताएका थिए ।अहिले ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शन र पढाईमा व्यस्त सुहानाले दोस्रो चलचित्र कुन र कहिले गर्छिन्, भन्ने दर्शकमाझ निकै प्रतिक्षाको विषय बनेको छ ।

सुपरस्टार अनमोल केसी र डेव्यु अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रले नेपाली बक्सअफिसमा बम्पर व्यापार गरेको थियो । निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रले अल नेपाल करिब नौ करोड ग्रस व्यापार गरेको छ । यो सुपरस्टार अनमोल केसीले अभिनय गरेका सम्पुर्ण चलचित्रको रेकर्ड ब्रेक कमाई हो ।