‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलनले फेसबुक पेज बिरूद्द मुद्दा हाले


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले चलचित्रलाई लिएर केहि दिन अगाडी मात्र समिक्षा गरेको मिम नेपाल नामक एक फेसबुक पेज बिरुद्ध मुद्धा दर्ता गरेका छन् । चलचित्रको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै पिजी समिक्षा गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि ‘मिम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको भिडियो बिरुद्ध निर्माण टिमले कानुनी प्रक्रिया अगाडी बढाएको छ । आइतबार निर्देशक चाम्सले महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त बिषयको जानकारी दिएका हुन् ।

‘यस्तो हर्कत नेपाली चलचित्र नगरीकै अपमान हो, आफ्नो मन लाग्दी गर्न पाइन्छ’ निर्देशक चाम्सले आक्रोशित मुद्रामा बोले । निर्देशक चाम्सले ट्रोलले आफूखुसी अरुलाई आंच आउने गरि कुनैपनि चलचित्रको समिक्षा गर्न नमिल्ने पनि बताए । ‘हामीले निकै दुखले चलचित्र निर्माण गरेका छौं, जसको बिषयमा सामाजिक सञ्जालमा मनपर्दी बोल्न पाइन्छ ?’ मिलनले प्रश्न गरे । उनले आफ्नो कदमले आउँदा दिनमा अन्य निर्मातालाई पनि राहत हुने सुनाए । साथै उनले सामाजिक संजालको गलत प्रयोग चलचित्र असफल पार्न गरेको भन्दै कुनै पनि हालतमा अभियुक्तलाइ छोड्न नहुने तर्क गरे । यस्तै, चलचित्रका गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले यस्तो गलत कार्य गर्ने जोकोहीलाई पनि कुनैपनि हालतमा कारवाहीको माग गरे ।

उक्त भिडियोमा पत्रकारिताको कुनै नम्सनै नरहेको भन्दै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले उक्त भिडियोलाई रिभ्यु नै भन्न नमिल्ने बताए । ‘यस किसिमको गतिविधि पत्रकारितामा नपर्ने भएकाले यस्तालाई कारवाही गर्न र यस किसिमका प्रवृतिको विरोध हाम्रो संघले गर्दछ’ उनले भने ‘कसैको व्यवसाय र व्यक्तिगत जीवनलाई धरासायी बनाउने क्रियाकलाप गैरकानुनी रहेकोले कारवाही हुनुपर्छ ।’ यसकिसिमको गतिविधिला सुष्म रुपमा नियालिरहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । ‘सोसल मिडियालाई आफ्नो खुसि प्रयोग गरेर अरुलाई आंच पुर्याउने अधिकार नरहेको ठहर गर्दै हामी तत्काल कारवाहीको मांग गर्दछौ’ उनले भने ‘यदि उक्त व्यक्तिलाई कारवाही हुदैन भने हामी निर्माताहरु एकजुट भएर अगाडी बढ्ने छौ ।’

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अपर्ण सापकोटा हुन । भने, सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.