‘सत्य सेवा सुरक्षणम्को नारा बोल्ने कप्सले दर्शकलाई निराश बनाउँदैन’ अनुप


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ ले राजधानीमा एक प्रेस भेटघाट कार्यक्रम गरेको छ । चलचित्र प्रदर्शनको एक साता अघि गरिएको प्रेस भेटघाटमा चलचित्रका मुख्य कलाकार,निर्माता,निर्देशक तथा संचार कर्मिको उपस्थिति रहेको थियो । सत्य सेवा सुरक्षणम्को नारा दिइएको चलचित्रले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लीकको कथा भन्ने निर्देशक सम्राट सापकोटाले बताए । खलनायकको चरित्रमा देखिँदै आएका अनुपविक्रम शाहीले यस चलचित्रमा सकारात्मक भूमिका निभाएका छन् । उनी एक कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा छन् । डिएसपीको भूमिका निभाएका उनी भन्छन्, ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति कथा भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु । चलचित्रले दर्शकलाई निराश बनाउँदैन ।’

चलचित्र ‘कप्स’ लाइ सम्राट सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।