लगातार ४० घन्टा नाचेर गिनिज बुकमा नाम लेखाऊदै दिदि बहिनि (भिडियो सहित)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् । नेपालका नारीहरुले एक पछि अर्काे गर्दै गिनिज बुक अफ अफ वल्ड रेकर्डमा नाम लेखाउन प्रयास गरिरहेका छन् । गत बर्षमा नेपाली नारी बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्ड रेकर्डमा नाम राखेकी थिईन् ।

सोही क्रममा पछिल्लो समयमा चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गरेर गिनीज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् ।

दुई दिदि बहिनी रुबिशा र एलिशाले जेठ ११ गतेबाट नृत्य प्रस्तुत गरिरहेका छन् । औपचारिक तथा उद्घाटन कार्यक्रम सकिए लगत्तै दुई दिदि बहिनी नृत्य गर्न सुरु गरेका हुन् । औपचारिक कार्यक्रम पुर्व खेलकुद मन्त्री राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए ।

बन्दना नेपालले गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएपछि त्यसैबाट आकर्षित भएर यो कार्य योजना तय भएको कुरा र आफु कहिल्यै हिम्मत नहार्ने कुरा दुई दिदि बहिनी रुबिशा र एलिशाले बताएका छन् । कार्यक्रममा सबै दाजुभाई तथा दिदि बहिनीहरु उपस्थित रुबिशा र एलिशालाई हौसला प्रदान गरिदिनका लागी बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले अनुरोध गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.