‘इस्मे तेरा घाटा’ भन्दै ठमेल तताउने भइन् नेहा कक्कडले


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउड गायिका नेहा कक्कडले आगामी जेठ २५ गते काठमाडौंको ठमेल तताउने भएकी छन्। पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत हुन लागेकी उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा पारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेहा कक्कड लाइभ’ मा आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तताउने भएकी हुन्।

आयोजक संस्थाका प्रमुख दीपक घिमिरे र जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्ती अनुसार कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रबार आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं ओर्लिनेछिन्। कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ‘इन्डियन आइडल’का टप टेन प्रतिस्पर्धीहरूसमेत कुल १८ जना संगीतकर्मीहरूको समूहले ‘नेहा कक्कड लाइभ’मा प्रस्तुती दिनेछ। कन्सर्टमा नेपाली गायकगायिकाहरूको पनि सहभागिता रहने छ।

गायिका कक्कडले ‘इन्डियन आइडल सिजन–२’ सांगीतिक यात्रा प्रारम्भ गरेकी हुन्। सांगीतिक परिवारमा हुर्किएकी कक्कडले ‘इन्डियन आइडल सिजन–१०’ मा निर्णायकको जिम्मेवारी पुरा गरिसकेकी छन्। सन् २००८ मै पहिलो एल्बम ‘रक स्टार’ सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरू गाइसकेकी छ्न्। उनका लोकप्रिय गीतहरूमा ‘इस्मे तेरा घाटा’, ‘मिले हो तुम हमको’, ‘काला चस्मा’, ‘आ“ख मारे’, ‘कोकाकोला’, ‘नैना’, ‘गल्ली गल्ली’, ‘दिलबर दिलबर’, ‘सावन आया है’, ‘धटिङ नाच’, ‘लण्डन थुमक्डा’, ‘दो पेग मार’, ‘मैं तेरा ब्वाइफ्रेण्ड’ आदि छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.