“जंगबाज र लव इन सिक्किम मैंले बनायका झुर चलचित्र हुन” शोभित बस्नेत



(सेलिब्रेटी नेपाल) २८ फागुन -शोभित बस्नेत धेरै नेपाली चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा परिचित छन् उनले हाल सम्म उनले छब्बीस चलचित्र निर्देशन गरि सकेका छन् ।उनि आफैं भन्छन ‘मैंले झुर चलचित्र पनि बनायको छु राम्रा चलचित्र पनि बनायको छु’।उनीले बनायको चलचित्र मध्ये जंगबाज र लव इन सिक्किम उनलाई सबै भन्दा झुर लागेका चलचित्र हुन् ।शोभितले आफैं निर्माण तथा निर्देशन गरेको चलचित्र मन उनलाई राम्रो लागेको चलचित्र हो तर मन लाई दर्शकले मन परायनन । उनले बनायको राम्रो चलचित्र कर्णबिर हो भन्ने गर्छन । यो सुक्रबार बाट उनले निर्देशन गरेको चलचित्र बरदान काठमाडौँ बाहिर चलि रहेको छ । अब आउने सुक्रबार बाट बरदान काठमाडौँमा भित्रिने छ । नायिका रेजिना उप्रेतीले पहिलो पटक निर्माण गरेको चलचित्र बरदान शोभितले निर्देशन गरेका मध्ये अहिले सम्मकै उत्कृस्ट चलचित्र हो भनेर रेजिना भन्दै हिंडीरहेको बेलामा शोभित भने उनको कुरा मान्न तयार छैनन् ।’बरदान पनि राम्रो चलचित्र हो तर मैंले बनायका अरु चलचित्रहरु पनि राम्रा छन् ।संधैं झुर चलचित्र मात्र बनाउँदिन एकाद चलचित्र झुर भयर सबै लाई भन्नु मिल्दैन’ उनले भने ।उनि आफुले निर्देशन गरेको चलचित्रमा अभिनय पनि गर्ने गर्दछन् शोभित राम्रो कलाकार पनि हुन् ।उनि हिरो बन्न आयका हुन् पछि परिस्थितिले निर्देशक बने ।चलचित्र बरदानमा उनि नेगेटिभ रोलमा देखियका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.