‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ वितरण


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकि सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार संघले प्रदान गरेको छ ।

संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । सुचना तथा संचार मन्त्रि गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराई,अभिनेता भुवन केसी,अभिनेत्री करिश्मा मानन्धर,निर्देशक तथा कलाकार दिपा श्री निरौला,कलाकार केदार घिमिरे,अभिनेता रमेश उप्रेती, अभिनेत्री केकी अधिकारी,निर्माता माधव वाग्ले लगाएत चलचित्र कर्मि तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.