सुरक्षा र राज अभिनित नाटक जेठ १७ बाट


सेलिब्रेटी नेपाल

काठमाडौँ: थियटरमा पुगेर नाटक हेर्नेहरुको एउटा छुट्टै जमात छ । नाटक हेर्नेको मन चलचित्र हेरेर भरिन्न । मण्डला थिएटर अनामनगरमा जेठ १७ गते देखि नयाँ नाटक ‘क्लेशा’मन्चन हुने तयारी भइ रहेको छ । वीजया कार्कीको निर्देशनमा मन्चन हुने तयारीमा रहेको नाटकको हाल रेहर्शल भई रहेको छ । उक्त नाटकमा सुरक्षा पन्त, राज खड्का, कुशल पान्डे, सुदीप खतिवाडा, सृजना अधिकारी, प्रतीक महरट्ठा, स्वप्निल घिमिरे, रुजु शर्मा, तुफान थापा, जीवन पौडेल अमृत काउचा, सबीना थापा, सबीन भट्टराइ लगायत कलाकारको अभिनय रहनेछ । प्रतिक्षा कट्टेलले लेखेको नाटकमा पुरानो कथालाइ पुर्बेली लवजमा धलिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.