‘नेपाली लोकसङ्गीत अवार्ड दक्षिण कोरिया २०७६’ कोरियामा हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली सांगीतिक अवार्डहरुमा अर्को एउटा अवार्ड थपिने भएको छ हिमालयन नेपाली इभेन्ट्सले नेपाली लोकसङ्गीत अवार्ड कोरियामा गर्ने भएको छ । सृजनाको मुल्यांकन श्रष्टाको सम्मान,नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान, नयाँलाई प्रोत्साहन, अग्रजलाई सम्मान भन्ने स्लोगन बोकेको अवार्ड आगामी अगस्टको ४ तारिखमा कोरियामा आयोजना गरिने भएको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर अवार्डको बारेमा जानकारी गराइयो । कार्यक्रममा गायक तथा अवार्डका आयोजक सबिन घिसिङ,चर्चित गायक यम बराल,चलचित्र निर्माता तथा नायक बिक्रान्त बस्नेत ,चलचित्र निर्माता तथा राष्ट्रिय सङ्गीत कर्मी संघको केन्द्रिय महासचिव बिक्रम जङ्ग शाह लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यस अगी मलेसियामा आयोजना गरिएको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१८ कतारको दोहामा आयोजना गरिएको दोस्रो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको २०१९ सफलतापुर्बक आयोजना गरिसकेको जानकारी हिमालयन नेपाली इभेन्टसका निर्देशक घिसिङले बताए । स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने निरन्तरतामा मित्रराष्ट्र दक्षिण कोरियाको सौलमा २०१९ को अगस्ट ३ र ४ गते ‘नेपाली लोकसङ्गीत अवार्ड दक्षिण कोरिया २०७६’ को आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रममा कोरियाका म्युजिकल ब्यान्डका साथै कोरियन बिबिध साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत हुनेछन । नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा नेपाली संगीत र सिङ्गो संस्कृतिकै अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी हाम्रो नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु भित्राउनको निम्ति बिशेष सहयोग पु-याउन पनि यस कार्यक्रमको मूख्य लक्ष रहेको आयोजकले बताए । कोरियामा हुने फाइनल कार्यक्रमको सन्चालन शोभा त्रिपाठी र नरेश भट्टराईले संयुक्त रुपमा गर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.