पलले खोले ‘बीर विक्रम २’शुटिंग हुँदा भएको दुर्घटनाको रहस्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रबिधिको विकास संगै नेपाली कला र मनोरंजन क्षेत्रले पनि फड्को मार्दै गएको छ । कुनै बेला नेपाली चलचित्रका कार्यक्रम र चलचित्र कर्मिको अन्तरबार्ता हेर्न टेलिभिजनको समय कुर्न पर्थ्यो टेलिभिजनमा पनि हप्तामा एउटा मात्र मनोरंजनको कार्यक्रम हुने गर्दथे प्रविधिले फड्को मरे संगै आजभोली यु ट्युबमा सेलिब्रेटीहरुको यति धेरै अन्तरबार्ता र अन्य जानकारीहरु आउने गर्दछन । यु ट्युबको लागि पनि धेरै खर्च गरेर कार्यक्रमहरु निर्माण हुन थालेका छन् ।

भुमिसा प्रोडक्सनले उत्कृस्ट सेटअप बनायर यु ट्युबको लागि फरक किसिमको कार्यक्रमहरु निर्माण गर्न थालेको छ । ‘द मेकिङ्ग अफ मुभिज’ नामको एउटा कार्यक्रमको सुरुवात भएको छ। चलचित्र ‘बीर विक्रम २’ को कलाकार तथा चलचित्रको टिम संगको कार्यक्रम सार्बजनिक हुने क्रममा छ । कार्यक्रम संचालिका रिमा बिस्वकर्माले संचालन गरिरहेको कार्यक्रम अहिले सम्मकै यु ट्युबमा आएको कार्यक्रम मध्येको महँगो कार्यक्रम भएको निर्माता ज्योतिराज राइ बताउछन् । कार्यक्रम कन्सेप्ट तथा निर्देशन जनकदीप पराजुलीको रहेको छ । संचालिका रिमाले चलचित्र ‘बीर विक्रम २’ का मुख्य अभिनेता पल शाह संग गरेको कुराकानी यु ट्युबमा दर्शकले रुचाएका छन् ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘बीर विक्रम २’ मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । चलचित्र आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदैछ।