एक्सन र कमेडीले भरिएको ‘काउसो’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सनको निर्माणमा बनेको चलचित्र ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। एक्सन ,कमेडी जनरा रहेको चलचित्र ‘काउसो’ आगामी जेठ १७ गते देखि सार्बजनिक प्रदर्शनमा आउने छ । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली,र बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ । प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्मातामा राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको रहेको चलचित्रमा संगीत बिकास चौधरी, द्वन्द शंकर महर्जन र नृत्य बिक्रम स्वारको रहेको छ । रामेश्वर हुमागाईले छायांकन गरेको चलचित्रला सम्पादन नबिन निरौलाले गरेका हुन् चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।