‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ:बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । अरु चलचित्रहरुले प्रदर्शनको पुर्ब सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन तर ‘पसिना’ युनिटले भने ‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा चलचित्रको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । पुर्व मन्त्रि तथा समाजसेवी भद्र कुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्ने बक्ता हरुले यस्ता किसिमका चलचित्रले समाजमा सकारात्मक संदेश दिने भएकाले यस्ता चलचित्रहरु निर्माण हुनु पर्ने बताए । चलचित्रका प्रमुख कलाकार सरोज खनालले कार्यक्रममा बोल्दै यस्ता चलचित्रहरु निर्माण हुनु अत्यन्तै आवस्यक रहेको बताए । समाजमा नकारात्मक कुराहरुले बढी स्थान पाई रहेको छ,यस्ता सकारात्मक बिषयले पनि स्थान पाउनु आबस्यक रहेको उनले बताए । निर्माता शान्ता ढकालले आफु पनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक बिषय बस्तुको चलचित्रमा लगानी गरेको बताईन आफु समाजसेवी भएकोले कार्यक्रममा समाजसेवी भद्र कुमारी घलेलाइ प्रमुख अतिथि बनाएको समेत उनले खुलाईन् । अर्का निर्माता इन्जिनियर संजय महतोले आफु पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको चलचित्र ‘पसिना’ मा लगानी गरेको बताए। निर्देशक आर.बि.शरदले कार्यक्रममा बोल्दै चलचित्र निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे । चलचित्रले ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने मूल नारा बोकेको छ,चलचित्रले काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाईएको निर्देशकले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्र कुमारी घलेले अहिले नेपाललाइ सत्चरित्रवान व्यक्तिको खाँचो रहेको बताइन । अहिले नेपाललाइ इमान्दारी व्यक्ति र सत्कर्म गर्ने व्यक्तिको आबस्यकता छ,आज नेपाललाइ पसिना बगाउने व्यक्तिको आबस्यकता रहेको उनले प्रस्ट पारिन् । सम्मानित हुनेमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल,रबि गिरि,गौरब पहाडी,सुरजनी केसी,छायाँकार राम कुमार केसी,नृत्य निर्देशक शिब बिक,सुदिप कार्की(अस्ट्रेलिया),सुगिता शाह,शारदा प्रसाद धिताल,राम काजी बस्न्यात,समिता केसी,अनिता केसी,सचिन रौनियार, सहिम शाह,गीता देवी मैनाली,संगीता धमला,मीना शर्मा,दिपक डोटेल,सोनि अधिकारी,दीपशिखा शर्मा,सावित्री भुजेल,मोहन देव बिस्ट,सीमा राइ,राजेन्द्र कपाली,मान बहादुर तामांग लगाएत रहेका छन् ।

चलचित्रलाइ आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् ।

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।