पोखरा र चितवनमा ‘बीर विक्रम २’को देखियो क्रेज


सेलिब्रेटी नेपाल

काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर चलचित्र ‘बीर विक्रम २’ निर्माण टिम देश दौडाहमा छ । आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘बीर विक्रम २’ को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट सकेर टिम आइतबार काठमाण्डौ फर्किएको छ । पोखरा र चितवनमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।

पोखरा र चितवनमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । मोफसलका दुई शहरमा निमार्ण टिमले कन्सर्ट का साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै ‘विर विक्रम २’का निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर बढ्दै जादा हलमा दर्शकको उपस्थिती समेत बढेको सुनाए ।

अभिनेत्री वर्षा सिवाकोटीले राम्रो चलचित्र निर्माण गरेको खण्डमा जहिले नेपाली चलचित्रलाई दर्शकले साथ दिने भन्दै ‘विर विक्रम २’लाई पनि सम्पुर्ण दर्शकले एक पटक र मन परेको खण्डमा पटक पटक हेरेर साथ दिन आग्रह गरिन् । यस्तै अभिनेताद्धय पल शाह र नाजिर हुसेनले ‘बीर विक्रम २’ सम्पुर्ण दर्शकले हेर्नै पर्ने उत्कृष्ट चलचित्र बनेको बताए ।