‘डि सिने अवार्ड’ मा उत्कृष्ट चलचित्र ‘छक्का पञ्जा ३’, सलिन र नम्रता उत्कृष्ट


सेलिब्रेटी नेपाल

काठमाडौँ: एघारौं ‘डि सिने अवार्ड २०७६’ शनिबार राजधानीमा सम्पन्न भएको छ । अवार्डमा चलचित्र ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड उचालेको छ । उत्कृष्ट चलचित्रको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड यस फिल्मले आफ्नो पोल्टामा पारेको हो । उत्कृष्ट निर्देशकको अवार्ड उचाल्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् ।

गत वर्षको अन्तिम चलचित्र मध्येको एक ‘यात्रा’ ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको छ । चलचित्रले द्वन्द्व निर्देशक, पटकथा, नव-निर्देशक, सह-अभिनेता, अभिनेता, नव-निर्देशकको अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा ‘यात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड सलिनमान बनियाले उचाल्दा चलचित्र ‘प्रसाद’ बाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् ।

अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।

अवार्ड विजेताहरुको नामावली :-

१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक – भोर
२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह – डमरुको डण्डीवियो
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ – फूल होइन (रोज)

४. उत्कृष्ट गायिका
विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की – फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. – यात्रा : अ म्यूजिकल भ्लग

११. उत्कृष्ट बालकलाकार
एञ्जल राई – हैरान
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा –३
१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग – चङ्गा चेट
१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा – गोपी
१५. उत्कृष्ट पटकथा
यात्रा : अ म्यूजिकल भ्लग – सम्राट शाक्य
१६. उत्कृष्ट संवाद
शुशिल पौड्याल – प्रसाद
१७. नव-नायिका
सुहाना थापा – ए मेरो हजुर –३
१८. उत्कृष्ट नव-नायक
घिरज मगर – इन्टु मिन्टु लण्डनमा
१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य – यात्रा : अ म्यूजिकल भ्लग

२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी – छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल – क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा – समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – यात्रा : अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा – ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल – छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया – यात्रा : अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला – छक्का पञ्जा –३

२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज
क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
प्रोत्साहन अवार्ड : सुकुलगुण्डा