कत्तिको सुहायो पुष्प र आंचलको जोडी ? दाल भात तरकारी प्रेस शो (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘दालभात तकारी’ले शुक्रबार बिहान कुमारी हलमा प्रेस शो को आयोजना गर्यो। प्रेस शो मा चलचित्रका कलाकार निर्माण टिम संगै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । मह सञ्चारको प्रतुतीमा किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिप्लेक्समा चलचित्र उच्च शोज पाएको छ भने सिंगल स्क्रिनहल हरु पनि राम्रै हल पाएको छ । कमेडी बेसको चलचित्रले राजधानीका क्युएफएक्स चेनकाका हलहरुमा २१ शोज पाएको छ ।

मह सञ्चारको प्रतुतीमा किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिस्टारर चलचित्रमा निरुता सिंह, हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।