एक्सन स्टार विराज र पूर्व मिस नेपाल निकिताको जोडी ! बन्ने भो ‘साँङ्लो’


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सन स्टारको रुपमा परिचित अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशनमा चलचित्र निर्माण गर्ने भएका छन् दशक अगाडीका लिडिङ हिरो विराज भट्टले निर्माण तथा निर्देशन गर्ने चलचित्र ‘साँङ्लो’को राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । बैशाख २४ गतेबाट फ्लोरमा जाने चलचित्रमा भट्ट सँग पूर्व मिस नेपाल निकिता चाण्डकको जोडी बाँधिएको छ । चलचित्रमा तेज बहादु खड्काको लगानी रहने छ ।

बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा विराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहने छ । विराजलाई मानकृष्ण महर्जनले छायाँकन गर्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता तथा निर्देशक भट्टले बताए । ५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको विराजका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत भरेका छन् । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा विराजको छायांकन गरिनेछ । विराजको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने विराजमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

विराजलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विराजले बताए । उनले कथाको माग अनुसार नै विराजको मुख्य भुमिकामा पूर्व मिस नेपाल निकितालाई छनोट गरेको बताए । एक्सन-लभस्टोरी जनराको ‘साङ्लो’ लाई विराजले भोजपुरी र हिन्दीमा पनि डब गर्ने जानकारी पत्रकार सम्मेलनमा दिए ।पूर्व मिस नेपाल निकिताले डेब्यू चलचित्र नै स्थापित एक्सन स्टार बिराज भट्टसँग गर्न पाउनु आफ्नो लागि सौभाग्य रहेको बताइन् ।