सबिन र अनुको ‘काउसो’ जेठ १७ मा


सेलिब्रेटी नेपाल

काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको चलचित्र ‘काउसो’ ले आफ्नो प्रदर्शन मिति केहि हेरफेर गरेको छ । यो चलचित्र अब जेष्ठ १७ गते बाट प्रदर्शनमा आउनेछ। वैशाख २० गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र मह संचारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन हुने भएकोले प्रदर्शन मिति करिब एक महिना पछि अर्थात् जेठ १७ गतेलाइ सारेको हो । अब भने तोकिएको मितिमा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । कमेडी बेसको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ ।

प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा संबाद भोजराज देवकोटाको रहेको छ । संगीत बिकास चौधरी, द्वन्द शंकर महर्जन,कोरियोग्राफी बिक्रम स्वार, छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.