‘डियर जिन्दगी’ कि जिन्दगी श्रेया कार्की (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘बाग्मती’ वाट फिल्मी करीअर र केही म्युजिक भिडीयोमा पनि अभिनय गरिसकेकी श्रेया कार्की २०१३ मा मिस टिन सेकेण्ड रनरअपको ताज सहित मिस फ्रेण्डसिपको उपाधी जितेपछि उनी कलाकारीता क्षेत्रमा सक्रिय भएर लागेकी हुन । हाल नेपाल टेलिभिजनबाट प्रशारण भइ रहेको टेली चलचित्र ‘डियर जिदगी’ मा जिन्दगीको भूमिकामा काम गरि रहेकी श्रेया कार्की पछिल्लो समय म्युजिक भिडियोमा पनि उत्तिकै ब्यस्त छिन् । म्युजिक भिडियोमा काम गर्न सहज लाग्ने उनि बताउछिन । एक दिनमा काम सकिन्छ र केहि दिनमा नै हेर्न पाइने भएकोले ठुलो पर्दाको चलचित्र भन्दा म्युजिक भिडियो र टेली चलचित्रमा नै काम गर्न मज्जा आउने उनि बताउ छिन् ।