मे दिवसको अवसरमा ‘पसिना’ को र्याली सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले मजदुर दिवसको अवसरमा र्याली गरेको छ मजदुरको कथालाइ चलचित्रले बोल्ने भएकोले मजदुर दिवसको अवसरमा चलचित्र टिमले र्याली गरेको हो । र्याली माइतीघर मण्डलामा पुगेर सम्पन्न भएको थियो र्यालीमा कलाकार निर्माता निर्देशक संगै अन्य व्यक्ति हरुको पनि उलेख्य सहभागिता रहेको थियो चलचित्रका मुख्य कलाकार भने र्यालीमा देखिएका थिएनन चलचित्रलाइ आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । मजदुरको हक हितको कुरा चलचित्रले बोल्ने भएर मजदुर दिवसको दिन भेला भएर र्याली गरेको निर्देशकले बताए ‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन,उनीहरुको समस्या समाधान हुँदैन’ ‘तबसम्म देश सबृद्ध बन्न सक्दैन निर्देशक खत्रीले भने।’ त्यसैले पनि आफुले चलचित्रमा मजदुरको कथा उठाएको उनले खुलाए । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिनेछ । चलचित्र मे दिवसको दिन नै प्रदर्शन गर्ने योजना रहेको र बिबिध कारणले नमिलेको पनि निर्देशकले बताए चलचित्रले मजदुरको कथा बोल्ने भएकोले मे दिवसमा ऐक्यवद्दता जनाउन उक्त र्याली गरेको प्रस्ट पारे ।

मुख्य कलाकार उपस्थित नभए पनि आफुले मेहनत गरेर पसिना बगाएर बनाएको चलचित्रको आफैं प्रचार प्रसारमा लागि रहेको निर्माता शान्ता ढकालले बताईन । जयनन्द लामाले सम्पूर्ण कलाकारको प्रतिनिधित्व गरेका थिए । नाम अनुसारको चलचित्र बनेको लामाले बताए । आजै चलचित्रको गीत भिडियो पनि सार्बजनिक गरिएको छ ‘हावा चल्यो सिरिरी’ बोलको सार्बजनिक गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ गीतमा शब्द नारद रिजालको रहेको छ सार्बजनिक गीतमा चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाइ फिचर्ड गराईएको छ । ‘पसिना’ लाइ शान्ता ढकाल र संजय महतोले संयुक्त निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.