‘पसिना’ मजदुरको बुलन्द आवाज


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले भने मजदुरको कथा विषयबस्तुका रुपमा उठाएको छ । मजदुर दिवसको अवसरमा चलचित्र टिमले र्याली पनि गर्न लागेको छ । चलचित्रलाइ आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् ।

‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन,उनीहरुको समस्या समाधान हुँदैन’ निर्देशक खत्रीले भने ‘तबसम्म देश सबृद्ध बन्न सक्दैन ।’ त्यसैले पनि आफुले चलचित्रमा मजदुरको कथामा उठाएको उनले खुलाए । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् ।

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा फिल्ममा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।