‘छ माया छपक्कै’ औपचारिक घोषणा दिपकको जोडी केकी


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्रले राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक घोषणा गरेको हो । चलचित्रमा नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल, दीपा श्री निरौला,केदार घिमिरे माग्ने बुढा अहिले सम्म फाईनल भईसकेका छन् भने अन्य कलाकार छनोट हुने क्रम जारि रहेको छ ।

यस चलचित्र को सम्पूर्ण रकम लगानी निर्माता रोहित अधिकारी ले गर्ने र चलचित्र प्रदर्शन भएपछि आमा सरस्वती मुभिज समुहलाई मुनाफा को ५० प्रतिशत दिने सहमति भई चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रलाइ दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । चलचित्रले शहरमा बस्ने एक युवती र सोझो अर्धबैशे पुरुष बीचको कथा बोल्ने छ । चलचित्रमा संगीत दीपक शर्माको द्वन्द रोशन श्रेठ, कथा निर्देशक स्वम लामाको पटकथा दिपकराज गिरीको र संबाद दिपक, जितु र अभिमन्यु निरबि को रहने छ । यो चलचित्रको छायाँकनको जिम्मा हरी हुमागाई को रहने यो चलचित्र जेठको पहिलो साता देखि छायाँकनमा जानेछ चलचित्र आगामी दशैंमा सार्बजनिक प्रदर्शनमा आउनेछ ।