संगीतकार बिजु बज्रको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: संगीतकार बिजु बज्रको निधन भएको छ । उपचारका क्रममा उनकाे आइतबार सिभिल हस्पिटलमा निधन भएको हो । ‘मै ठुली भैछु रे’, ‘तिमी म भन्दा को संग टाढा छौ’, ‘कुन रंगको कमी थियो’, ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’, ‘बिस्तारै छायो आँखामा अँध्यारो’ लगायत गीतका संगीतकार बज्रको आइतबार दिउँसो निधन भएको आफन्तले जनाएका छन् । २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा लागेका थिए । बज्रका श्रीमती, २ छोरा र १ छोरी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.