सेलिब्रेटी नेपाल

काठमाडौँ: अनुप बिक्रम शाही अभिनित चलचित्र ‘कप्स ‘ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकार फिचर्ड छन् । आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र यहि जेठ १७ गते देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ
चलचित्रमा अभिनेता शाहीले डीएसपीको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएका छन् । चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् चलचित्र सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य , बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । चलचित्रलाई बिके फिल्म्स र जय श्री पाथीभराले वितरण गर्ने भएको छ |


