दया,बिपिन देखि रबिन्द्र सबै सुनको पछि ! ‘जात्रै जात्रा’ ट्रेलर


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्बजनिक गरिएको छ सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार परिएको छ । ट्रेलरमा चलचित्रका सबै जसो मुख्य कलाकारलाइ समेटिएको छ । सार्बजनिक ट्रेलरमा सबै जसो कलाकार सुनको पछि दौडेको देखाईएको छ । प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा उनैको कथा रहेको छ । चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको चलचित्रमा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।

चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई शिवराम श्रेष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले कथा, पटकथा तथा संवाद लेखेको सिनमामा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत र शंकर महर्जनको द्धन्द्व निर्देशन रहेको छ । चलचित्र आगामी जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.