‘विर विक्रम २’ ट्रेलर सार्बजनिक ! वर्षा पल र नाजीर कसको मायामा ? (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङ स्टाररचलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । ‘विर विक्रम २’ को यसअघि सार्वजनिक गीतसंगीत र पोष्टरले दर्शकबाट उत्कृष्ट प्रक्रिया पाइरहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । ‘विर विक्रम २’ पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन,बुद्धि तामाङ देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी,सन्तोष खनाल, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘विर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो चलचित्र ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाई छ । चलचित्र आगामी जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ।