यस्तो छ ‘कठपुतली’ को फस्टलुक पोष्टर


सेलिब्रेटी नेपाल

काठमाडौँ:हरर कथामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य थिममा रहेर बनाईएको पोष्टर सार्बजनिक गरिएको हो चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन् । कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ’कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।

देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ’कठपुतली’ रहेको चलचित्रकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । उनका अनुसार यो पुर्णतया मौलिक कथामा निर्माण भएको हरर चलचित्र हो ।

हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली चलचित्रभन्दा ‘कठपुतली’ भिन्न रहेको कारण आफुले यो चलचित्रमा लगानी गरेको निर्माता पृथ्वी राना मगरले बताए । पृथ्वीले यसअघि ’परेनी माया जालैमा’ र ’हंगामा’ नामक दुई चलचित्रको निर्माण तथा निर्देशन गरेका थिए । निर्देशक राना मगरका अनुसार ‘कठपुतली’ अलग बिषयमा निर्माण गरिएको पुर्ण व्यावसायिक चलचित्र हो ।

चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जित्न सफल विभिन्न लघु चलचित्रहरुबाट अनुभव लिएपश्चात ’कठपुतली’बाट निर्देशनमा डेब्यू गरेका हुन् । ’कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । प्राविधिक रुपमा अब्बल बनाईएको बताईएको यो चलचित्रलाई हलीउडका डिओपी ’एसिएस’ डिग्री प्राप्त जोएल फ्रुम (Joel Froome) ले खिचेका हुन् । चलचित्रको पोस्ट प्रोडक्शनको सम्पुर्ण काम हाल लण्डनमा भईरहेको छ ।

पृथ्वी राना प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह-निर्माताको रुपमा माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता सम्पदा मल्ल हुन् ।