‘प्रेमगीत ३’ को निर्माण घोषणा संगै प्रदर्शन मिति फाइनल


सेलिब्रेटी नेपाल

काठमाडौँ: दर्शकको मन जित्न सफल चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को अफिसियल घोषणा गरेका छन् । चलचित्रको घोषणासँगै फस्टलुक पोष्टर र प्रदर्शन मिति सार्बजनिक गरेका छन् । चलचित्र नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने यो चलचित्रलाई निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । सार्वजनिक फस्टलुकले चलचित्र पिरियड ड्रामामा निर्माण हुन लागेको बुझ्न सकिन्छ । चलचित्रको सम्पुर्ण जानकारी केहीदिनमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिने निर्माता सेनले बताए । सेनले यसअघि ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘मेरी मामु’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् । चलचित्रमा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकको बारेमा जानकारी गराईएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.