‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप २०१९’ काठमाडौँ अडिसन बैशाख २१ गते


सेलिब्रेटी नेपाल

काठमाडौं: ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ को काठमाडौँ अडिसन यहि बैशाख २१ गते हुँदैछ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको च्याम्पियनशिपको काठमाडौँ बाहिरको अडिसन अन्तिम चरणमा पुगेको छ । पूर्व को झापामा बैशाख १३ गते,धरानमा बैशाख १४ गते, पोखरामा १९ गते हुँदैछ ।

नृत्य मनोरञ्जनको साधन मात्र नभई शिप सहितको शिक्षा हो भन्ने सर्वब्यापी मान्यतालाई स्थापित गराउने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको कार्यक्रमका परिकल्पनाकार महेश गोदारले बताए । उनले बैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टिभी राउण्डमा ल्याइने बताए । टिभी राउण्डमा आएका ति ६० जनालाई प्लस टु पढनका लागि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रममा विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ । त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतियलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमको निर्णायकमा गम्भीर विष्ट, नन्दा बश्याल,प्रेम श्रेष्ठ रहेका छन् ।

कार्यक्रम म्याक्स टिभीको प्रस्तुतीमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको हो । एनटिभी प्लस र म्याक्स टिभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट कार्यक्रम प्रशारण हुनेछ ।